Logo

जिपको ठक्करबाट रुखको छहारीमा शितल खान बसेका २ किशोरीको मृत्यु, ३ जनाको अवस्था गम्भिर



सल्यान, १५ असोज । सल्यानमा जिपले ठक्कर दिँदा दुई किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका १८ बर्षीया रेखा बुढाथोकी, १८ बर्षीया सुनिता नेपाली सल्यान प्रहरीले जनाएको छ ।

रुखको छहारीमा बसी रहेका पाँचजना विद्यार्थीलाई सल्यान खलङ्गा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले बाङ्गे सल्लामा शुक्रवार बिहान ठक्कर दिएको थियो । ठक्करबाट पाँचैजना विद्यार्थीहरु घाइते भएका थिए ।

५ जना मध्ये राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
अन्य घाइतेहरु मिना परियार, सुशीला नेपाली, दिपा बुढाथोकीलाई थप उपचारको लागि नेपालगन्ज पठाएको छ । उनीहरूको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

५ जना बिद्यार्थीहरु विद्यालय आउने क्रममा रुखको छहारी मुनी बसिरहेका थिए । किशोरीहरु  शिव जन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन ।



प्रतिक्रिया दिनुहोस्