एजेन्सी, १५ असोज । कार नियम मिचेर मोड्न थाल्छ । तिव्र गतिमा हुइँकिएको मोटरसाइकल नियन्त्रण गर्न भ्याउँदैन । कारको पछिल्लो भागमा ठोक्किएर विपरित दिशातिरबाट आइरहेको मोटरसाइकलमा ठोक्किन पुग्छ ।
यो घटना भारतका मुम्बईको हो । १३ असोजको साँझ ११ बज्न लाग्दा भएको घटनामा मोटरसाइकल चालक र पछाडि बसेका यात्रु दुवैको घटनास्थलमा मृत्यु भएको छ ।
कार घटना पछि फरार भएपनि सीसी टीभीले दृश्य कैद गरेको छ । कार चालक पक्राउ परेका छन् ।