Logo

ओलीको देवत्वकरण



काठमाडौं, १६ असोज । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले विधान महाधिवेशनको उदघाटनको दिन अध्यक्ष केपी शर्मा ओली हलमा प्रवेश गरिरहँदा गुनगान गाइरहे । ओलीको प्रवेशलाई राजा महाराजाको प्रवेश जसरी प्रस्तुत गरे । उनले ओलीको गुनगान गाइरहँदा कुनै कम्युनिस्ट पार्टीको सम्मेलनभन्दा भिन्न तरिकाले गरे ।

कम्युनिस्ट पार्टीमा नेताभन्दा विचार प्रधान हुनुपर्नेमा विधान महाधिवेशनलाई नेता प्रधान बनाइयो । ओलीको तस्बिर बानेश्वर देखि गोदावरीसम्मको मूल सडकमा राखिएकोss छ । विधान महाधिवेशन आयोजनास्थल गोदावरीमा ओलीको ठूलो काठे स्टाचु राखिएको छ ।

ओलीको स्टाचुमा तस्बिर खिच्न जाने विधान महाधिवेशनका प्रतिनिधिहरु देखिएका छन् । जो जो तस्बिर खिच्न पुगे ती ओलीका प्रीय गनिएका छन् । ओलीको भक्त जसरी सामाजिक सञ्जालमा उक्त तस्बिर राख्ने होडवाजी चलेको छ । विधान महाधिवेशनमा तस्बिर खिच्नेको भीड देख्दा त्यसैका लागि कतिपय व्यक्तिहरु पुगेको जस्तो देखिन्थ्यो ।

ओलीलाई नेकपा एमालेमा देवत्वकरण गरिदैछ । उनी मदन भण्डारी पछिको सबैभन्दा मानिएको नेता जसरी प्रस्तुत गरिएका छन् । विधान महाधिवेशनमा उनले गरेका कामहरु भन्दै राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ । यसलाई उनको देवत्वकरणका रुपमा लिन थालिएको छ ।

एमाले भनेकै ओली र ओली भनेकै. ओली जसरी प्रस्तुती हुन थालेको छ । विधान पनि ओलीकै लागि संशोधन गरिन लागिएको छ । ७० वर्षे उमेरहद ओलीकै हित अनुरुप संशोधन गरिदैछ । ओली एमालेमा सर्वशक्तिमान बन्ने गरी पदाधिकारी, केन्द्रीय समितिको चयन, निर्वाचन प्रक्रियामा संशोधन गरिदैछ ।

ओली चिनियाँ कम्युनिस्ट पार्टीका नेता समेत रहेका राष्ट्रपति सी चिनफिङ पथमा बढिरहेका छन् । जसरी सी ले आफूलाई माओत्से तुङ पछिको शक्तिशाली नेताका रुपमा प्रस्तुत गरे, कम्युनिस्ट पार्टीमा दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने विधान परिवर्तन गरे ओली त्यही बाटो रोज्दैछन् ।

ओलीलाई एमालेको विधान महाधिशेनमा देवता जसरी प्रस्तुत गरिएको छ । उनको काठे स्टाचु राख्नुमा त्यही उद्देश्य निहित देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot