Logo

चीनमा सबैभन्दा उचाइमा रहेको मेगा जलविद्युत् आयोजना सञ्चालनमा



एजेन्सी, १६ असोज। चीनले ३ हजार मिटरको उचाईमा निर्माण गरेको सबैभन्दा ठुलो मेगा जलविद्युत् आयोजना सञ्चालनमा ल्याएको छ । दक्षिण पश्चिम चीनको सिन्चुवान् प्रान्तमा निर्माण गरिएको उक्त जलविद्युत् आयोजना गत बुधबारदेखि सञ्चालनमा ल्याएको हो ।

यालोङ नदीमा निर्मित उक्त परियोजनाको डिजाइन चेङ्डु इन्जिनियरिङ कर्पोरेसनले गरेको हो । परियोजनालाई चीनले आफ्नो ऐतिहासिक र विश्वको जलविद्युत आयोजना विकासको इतिहासमा कोसेढुंगाको रुपमा वर्णन गरेको छ । सो परियोजनामा संसारकै गहिरो जलाशय निर्माण गरिएको छ भने करिब ६८४ मिटर उचाईका ११ वटा उच्च ढलान राखिएको छ । सन् २०१४ अक्टोबरदेखि सो परियोजना निर्माण सुरु गरिएको थियो । उक्त परियोजनासँग प्रतिघण्टा ११ विलियन किलोवाट विद्युत् उत्पादन क्षमता रहेको ग्लोबल टाइम्सले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्