Logo

सुदुरपश्चिम प्रदेश महाधिवेशन प्रतिनिधिमा दिप्रेन्द्र राज जोशी चयन



काठमाडौँ, १६ असोज : समाजसेवा सँगै राजनीति सुरुवात गरेका बझाङ जिल्ला निवासी दिपेन्द्र राज जोशी नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनमा प्रदेश महाधिवेशन प्रतिनिधिमा सर्बसम्मत रुपमा चयन भएका छन् ।

लामोसमय समाजसेवामा आवद्ध भई व्यक्तिगत तथा संस्थागत पहलमा विकासका कार्यहरुमा साझेदारी बन्दै आएका नेता जोशीले कोभिड–१९ को बेलामा बझाङ जिल्लाका घओटा गाउपालिका सुर्मा, मष्टा र चिर बिथडलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए। बझङ जिल्ला अस्पताललाई २-वटा अक्सीजन कनसेन्टर प्रदान समेत उनले गरेका थिए ।

क्यानडा लैजान्छु भन्दै ठगिएर आएका बङ्गालादेशी ८ जना नागरिकलाई काठमाडौंबाट सकुसल स्वदेश फर्काउन मद्दत गरेका थिए । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार हाँसिल गरेको जोशीले पोखरा विश्वविद्यालयमा पुर्ण छात्रवृतिमा नाम निकालि एम् एस सि अध्यनरत गरिरहेको छन् ।

नेपाली काँग्रेस बझाङलाई वैचारिक हिसाबले अझ सशक्त संगठन बनाउनको लागि विभिन्न तालिम, गोष्ठी र संस्थागत विकासमा योगदान गर्न, गरिव विपन्न तथा पछाडी परेको वर्गको सशक्तिकरणको लागि, युवाहरुलाई रोजगार तथा स्वरोजगार लागि निशुल्क परामर्श गर्दै आएका छन्। उनी नेपाल युवा सङ्स्था सन्जाल आयोनका प्रदेश नं ७ का प्रमुख भएर काम गरिरहेका छन् ।उनी पिछ्डिएको बर्गलार्इ कसरी अग्रगामी बनाउने भन्ने सोच राख्ने युवा अभियान्ताको रुपमा समेत परिचित छन्।



प्रतिक्रिया दिनुहोस्