काठमाडौं, १६ असोज । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबारे कडा टिप्पणी गरेका छन् । उनले हिजोदेखि सुरु भएको एमालेको विधान महाधिवेशनमा अध्यक्ष ओलीको ठूला ठूलो पोष्टर राखिएको तस्विर सेयर गर्दै ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो’ भनेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्–‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ।नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्त: स्टालिन,हिटलर र फासीवाद जन्माउने हो।चेतना भया!”
खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ।नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्त: स्टालिन,हिटलर र फासीवाद जन्माउने हो।चेतना भया! pic.twitter.com/B8SzzMuaIK
— Baburam Bhattarai (@brb1954) October 2, 2021