काठमाडौँ, १६ असोज: बरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले एमालेको प्रथम विधान महाधिवेशनमाथि टिप्पणी गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको तडक भडकलाई ‘निभ्न लागेको बत्ति’को संज्ञा दिँदै ‘कम्युनिष्टका नामको कलंक’ भनेका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
संग्रौलाले केपी ओलीमाथि कटाक्ष गर्दै भनेका छन्, ‘बालकोट–गोदावरी बाटाभरि ओलीका फोटैफोटा । लामबद्ध भक्तद्वारा ओलीको गोदावरी सवारी चलान । मञ्चमा न मार्क्स, न पुष्पलाल । मञ्चमा केवल ओली, बोतलमा ओली ।’ उनले अगाडि भनेका छन्, ‘६ हजारको भीडमा एक राजा, अरू प्रजा; एक देवता, अरू दास । एक प्रभु ओलीको देवत्वकरणमा ६ हजार भक्तको दासत्वकरण । हैट, कम्युनिस्ट नामको यो कलंक !’
बालकाेट-गाेदावरी बाटाभरि ओलीका फाेटैफाेटा।लामबध्द भक्तद्वारा ओलीकाे गाेदावरी सवारी चलान।मञ्चमा न मार्क्स न पुष्पलाल।मञ्चमा केवल ओली,बाेतलमा ओली।६ हजारकाे भीडमा एक राजा,अरू प्रजा;एक देवता,अरू दास।एक प्रभु ओलीकाे देवत्वकरणमा ६ हजार भक्तकाे दासत्वकरण।हैट्,कम्निस्ट नामकाे याे कलङ्क!
— Khagendra Sangroula (@belakoboli) October 2, 2021