काठमाडौं, १६ असोज । सामाजिक विकास समाज, अनामनगरको नयाँ कार्यसमिति चयन भएको छ । समाजको अध्यक्षमा ओमप्रसाद उप्रेती र महासचिवमा रक्ष रैका मगरसहित १८ जना चयन भएका छन् । २१ सदस्य कार्य समितिमा ३ जना भने पछि मनोनित हुने नयाँ निर्वाचित अध्यक्ष उप्रेतीले बताए ।
युवराज सुवेदी र गुरुभक्त निरौलाको निर्वाचन समितिले नयाँ कार्य समिति चुनेको हो। समितको प्रथम उपाध्यक्षमा हरिप्रिया पाण्डे मैनाली र दोस्रो उपाध्यक्षमा गोपाल गड्तौला चयन भएका छन् । त्यस्तै सचिव विनोद भट्टराई र कोषाध्यक्ष इश्वर श्रेष्ठस र सहकोषाध्यक्ष कमल रिजाल सहितका पदाधिकारी चुनिएका हुन् ।
निवर्तमान अध्यक्ष डिल्ली निरौला पदन सदस्य बनेका छन् । सदस्यहरुमा, कुल प्रसाद चुडाल, राधेश्याम लेकाली, नन्दराज पोख्रेल , बिष्णु खतिवडा, रश्मि रैका, प्रेम कुमारी कार्की, शान्ता खनाल, विश्वराज सुवेदी, डि. आर. राई, शसिकला प्रघान र शकुन्तला घिमिरे चुनिएको महासचिव रैकाले जनाए । सामाजिक विकास समाज अनामनगरको १९औं साधारण सभा बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भएको हो ।