Logo

प्रकाशमानको शक्ति परीक्षण, महानगरमा कस्ले मार्ला बाजी ?



काठमाडौं, १७ असोज । नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको अधिवेश अन्तर्गत आज मतदान भइरहेको छ । सभापतिमा निलकाजी शाक्य र प्रगतिमान रञ्जित मैदानमा उत्रिएका छन् ।

शाक्य काँग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहका निकट हुन् । उनी लामो समययता सिंहको साथमा छन् । काठमाडौं महानगरपालिका वडा नं २५ का वडाध्यक्ष समेत रहेका शाक्य नेविसंघको राजनीति देखि नै बढेका हुन् । कलाकारिता क्षेत्रमा पनि उनको लामो अनुभव छ ।

निलकाजी रञ्जित पनि वडाध्यक्ष हुन् । उनी पनि विगतमा प्रकाशमान सिंह निकट नै थिए । ध्यान गोविन्द रञ्जितले गुट परिवर्तन गरेपछि उनी पनि परिवर्तन भएका थिए ।

काठमाडौं महानगरपालिकाका १३८ वडाका सभापतिहरु र क्षेत्रीय प्रतिनिधिहरु मतदाता छन् । त्यहाँ २० हजार क्रियाशील सदस्यले प्रतिनिधि चयन गरेका छन् ।

काठमाडौं महानगरपालिकाको काँग्रेस अधिवेशनलाई प्रकाशमान सिंहको शक्ति परीक्षणका रुपमा पनि लिइएको छ । सिंहको प्रभाव काठमाडौं उपत्यका र आसपासका जिल्लामा बढी छ । काठमाडौं उनको निर्वाचत क्षेत्र पनि हो ।

सभापतिको उम्मेदवारी घोषणा गरिसकेका सिंहले महानगरपालिकाको चुनावलाई महत्वका साथ लिएका छन् । काठमाडौं जिल्ला सभापति सिंह निकट सबुज बानियाँ छन् । तर, महानगरको चुनावमा शेरबहादुर देउवा भर्सेस प्रकाशमान सिंह जस्तो भएको छ ।

देउवा पक्षका उम्मेदवार निलकाजी शाक्यलाई कृष्णप्रसाद सिटौला निकट भीमसेनदास प्रधानका अलावा अरु पक्षका ध्यानगोविन्द रञ्जित, तीर्थराम डंगोललगायतको साथ रहेको छ । गगन थापाले भने सिंह पक्षधर उम्मेदवारलाई साथ दिएका छन् ।

महानगरको चुनावी नतिजाले प्रकाशमान सिंहको प्रभावको मूल्यांकन हुने विश्लेषण भइरहेको छ । काठमाडौंबाट झण्डै कर्णाली प्रदेशको जतिकै महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले पनि त्यहाँको अधिवेशन चासोमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्