Logo

उमेश श्रेष्ठ स्वास्थ्य मन्त्रालयको नेतृत्वमा आएपछि स्वास्थ्य क्षेत्रमा देखियो सुधार



काठमाडौं, १७ असोज । उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा आएपछि स्वास्थ्य क्षेत्रमा आमूल सुधार देखिएको छ । खासगरी कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि उनले प्रभावकारी प्रयास चालेका छन् । उनको अहिले सबै क्षेत्रबाट वाहवाही भैरहेको छ । मन्त्री श्रेष्ठले भ्याक्सिन व्यवस्थापन, अस्पतालको क्षमता विस्तार, सार्वजनिक स्वास्थ्य सेवाको सुधारसम्बन्धी महत्वपूर्ण कार्य गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आँकडाअनुसार हालसम्म एक करोड ७७ लाख डोज भ्याक्सिन प्राप्त भैसकेको छ। र, थप तीन करोड ३७ लाख भ्याक्सिन प्राप्त हुने प्रक्रिया विभिन्न चरणमा पुगेको छ । जम्मा जनसंख्याको २१ प्रतिशत (६२ लाख ५७ हजार) जनसंख्याले पूर्ण खोप प्राप्त गरिसकेका छन् । त्यस्तै, जम्मा जनसंख्याको २३ प्रतिशत अर्थात ६९ लाख जनसंख्याले पहिलो मात्रा खोप प्राप्त गरिसकेका छन् ।

मन्त्री श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाले भनेजस्तै पहिलो, दोस्रो र तेस्रो प्राथमिकता भनेको सबै जनतालाई खोपको व्यवस्था गर्नुभएकोले सोहीअनुसार आफूलाई उक्त भूमिकामा खरो उतारेका छन् । पर्यटकीय महत्वका हिमाली १४ जिल्लाहरुमा आगामी जाडो मौसम सुरु हुनु अगाडि नै १८ वर्ष माथिका सबै नागरिकलाई खोप प्रदान गर्ने कार्य सुचारु भैरहेको पनि मन्त्रालयले जनाएको छ ।

उद्योग तथा व्यवसाय क्षेत्रमा सक्रिय १८ वर्ष माथिका सबै उद्यमी, व्यवसायी र कामदारहरुलाई पूर्ण खोप प्रदान गरिने तयारीसमेत भएको छ । आगामी अक्टोबर १५ सम्म करिब ४३ लाख भ्याक्सिन प्राप्त हुनेगरि प्रवन्ध मिलाईएको र त्यसपछि प्राप्त हुन आउने कुल २ करोड १७ लाख भ्याक्सिन मध्ये ३२ प्रतिशत जनसंख्याले पहिलो डोज र २८ प्रतिशत जनसंख्याले दुवै डोज खोप प्राप्त गर्ने जनाईएको छ ।

दशैंअगाडि १ करोड ६० लाख जनसंख्यालाई कम्तिमा १ डोज भ्याक्सिन लगाउने टार्गेट हासिल गर्नेगरि भ्याक्सिन क्याम्पेन सञ्चालन समेत भैरहेको छ । यो कार्यक्रम निकै प्रभावकारी भएको स्वास्थ्य क्षेत्रका जानकारहरुको समेत प्रतिक्रिया छ ।

अस्पतालको क्षमता विस्तारमा पनि उनले योजनाअनुसार नै काम गरिरहेका छन् । काठमाडौं उपत्यकामा विभिन्न स्थानमा ६ वटा सुविधासम्पन्न केन्द्रीय प्रयोगशाला स्थापना गर्ने र उक्त प्रयोगशालाबाट शुलभ मूल्यमा सेवा प्रदान गर्ने लक्ष्य लिईएको छ । सबै सरकारी अस्पतालमा आफ्नै फार्मेसी सुरु गर्न लागिएको छ । त्यस्तै, स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनेपनि मन्त्रालयले नीति लिएको छ ।

सरकारी अस्पतालमा भएका उपकरणहरु मर्मतसम्भार लागि राष्ट्रिय आविष्कार केन्द्रको समन्वयमा २४सै घण्टा सञ्चालन हुने मेन्टेनेन्स डिपार्टमेन्ट स्थापना गरिएको छ । डायलाईसिस सेवा प्रदान गर्ने अस्पतालको संख्या बढाउने निर्णयसमेत भएको छ ।

केन्द्रमा ३०० सय बेडको सरुवा रोग अस्पताल स्थापना गर्ने र प्रत्येक प्रदेशमा कम्तिमा ५० बेडको सरुवा अस्पताल गर्ने योजनासमेत मन्त्री श्रेष्ठले अघि सारेका छन् । प्रत्येक अपतालको इमर्जेन्सी कक्षमा सेवाको गुणस्तर वृद्धि गर्न आवश्यक पूर्वाधार थप गर्नको लागि बैंक तथा वित्तिय संस्थाहरुसँगको सहकार्यमा कर्पोरेट रेस्पोन्सीविलटी अन्तर्गत ईमर्जेन्सी व्युटिफिकेशन कार्य गर्ने योजनासमेत अघि सारिएको छ । हाल सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको दरबन्दीमा २० हजार थप दरबन्दी सिर्जना गरिने भएको छ ।

सार्वजनिक स्वास्थ्य सेवा सुधारसम्बन्धी पनि महत्वपूर्ण कार्य भएका छन् । अहिले ५३ वटा जिल्ला अस्पतालको बे विस्तार गरी ५० बेड क्षमतामा वृद्धि गरिएको छ । प्रत्येक प्रदेशमा कम्तिमा १ वटा विशिष्टकृत सेवा प्रदान गर्ने अस्पताल स्थापना गर्ने तयारीसमेत भएको छ । प्रत्येक प्रदेशमा एक मेडिकल कलेज स्थापना गरिने भएको छ ।

सोहीअन्तर्गत अहिले सुदुरपश्चिम प्रदेशमा गेटा मेडिकल सञ्चालनको तयारी सुरु भैसकेको छ । र, संघीय अस्पतालहरुमा ५–१० वटा मोडुलर ओटी स्थापना गरिने भएको छ । मन्त्री श्रेष्ठले सार्वजनिक स्वास्थ्य क्षेत्रलाई सुधारको लागि कार्यक्रमिक योजना लागु गरेर नै काम गरिरहेका छन् । अहिले अस्पतालहरुमा आईसियु/एचडीयु बेड थप गरिएको छ । अक्सिजन प्लान्ट लिक्विड अक्सिजन ट्यांक राख्ने कामसमेत पूरा भैसकेको छ । त्यस्तै, स्वास्थ्यकर्मीहरुको क्षमता विस्तारको लागि सातवटै प्रदेशमा आईसियु तालिम सञ्चालन भैरसकेको छ ।

 



प्रतिक्रिया दिनुहोस्