Logo

आकर्षक मन्त्रालय माग्दा काँग्रेस र माओवादीले उठाए एस र जसपाको हैसियत



काठमाडौं, १७ असोज । सत्ता गठबन्धनभित्र मन्त्रालय टुंग्याएर सोमबार नै सपथ गराउने तयारी चलेपनि सहमति बन्न सकेको छैन । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीबीच मन्त्रालय बाँडफाँडमा कुरा मिल्न नसकेको हो ।

नेकपा एस र जसपाले सञ्चार, पर्यटन, शिक्षा, भौतिक पूर्वाधार, शहरी विकास, उद्योग, स्वास्थ्य जस्ता मन्त्रालय मागेपछि कुरा मिल्न नसकेको हो । विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री देउवा पर्यटन, शिक्षा, शहरी विकास, उद्दोग, वन, कृषि जस्ता मन्त्रालय दिन तयार भएपनि गृह, परराष्ट्र, भौतिक पूर्वाधार र स्वास्थ्य काँग्रेस बाहिर जान दिने पक्षमा छैनन् । गृह र परराष्ट्रमा काँग्रेसका मन्त्री भइसकेका छन् । स्वास्थ्यमा पनि काँग्रेसबाट राज्यमन्त्री छन् ।

माओवादी केन्द्रले अर्थ र ऊर्जा जस्ता महत्वपूर्ण मन्त्रालय पाइसकेको छ । अब उसको भागमा रहेको ४ मन्त्रालयमा पनि खानेपानीसहितका महत्वपूर्ण मन्त्रालय दाबी गरेको छ ।

नेकपा एसले सञ्चार, शिक्षा, भौतिक पूर्वाधार, पर्यटन जस्ता मन्त्रालय मागेको छ । जसपाले पनि स्वास्थ्य मन्त्रालय दाबी गरेको छ ।

मन्त्रालयमा कुरा मिल्न नसकेपछि पार्टीहरुको हैसियत र संख्याको विषय उठेको छ । प्रतिनिधि सभामा प्रतिनिधित्वका आधारमा संख्या मिलाउनुपर्ने विषय पनि उठेको छ ।

यसअघि काँग्रेसले ७, माओवादी, एस र जसपाले ६६ मन्त्री पाउने सहमति भएको थियो । तर, एस र जसपाले आकर्षक मन्त्रालय मागेपछि काँग्रेस र माओवादीले सांसद संख्याका आधारमा हैसियत अनुसारको मन्त्री संख्या हुनुपर्ने विषय राखेका छन् । एस र जसपालाई ५५ मन्त्रालय मात्र दिने विषय उठेपछि कुरा मिल्न सकेन ।



प्रतिक्रिया दिनुहोस्