जनकपुरधाम, १८ असोज । जनकपुर बम काण्डमा दोषी भनिएका सञ्जय साहलाई उच्च अदालत जनकपुरले राहत दिएको छ । उच्च अदालत जनकपुरले आइतबार पाँच वर्ष सजाय कम गरेर फैसला सुनाएका हुन् ।
उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीरबहादुर चन्दको संयुक्त फैसलाले उनको सजाय घटाएको छ। दुई साताको बहसपछि ज्यान मार्ने उद्योगमा १२ वर्ष कैद सजाय सुनाइएका साहलाई उच्च अदालतले पाँच वर्ष कैद सजाय घटाइदिएर सात वर्ष तोकदिएको जनाइएको छ ।
१८ वैशाख ०६९ मा जनकपुरको रामानन्द चोकमा भएको विष्फोटमा पाँच जनाको ज्यान गएको थियो । करिब ३२ जना घाइते भएका थिए । उक्त घटनामा धनुषा जिल्ला अदालतले साहसहित सात जनालाई जन्मकैद र एक जनालाई पाँच वर्षको जेल सजाय सुनाएको थियो ।-File Photo