Logo

प्रधानमन्त्री देउवाले किन उच्चस्तरीय संयन्त्र बनाउन चाहेनन् ?



काठमाडौं, १८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक संयन्त्र गठन गर्न चासो नदेखाएको विषयले सत्तापक्षीय गठबन्धनमा चर्चा पाएको छ । देउवालाई प्रधानमन्त्री बनाउन निर्णाय भूमिका खेलेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक संयन्त्र बनाउनुपर्ने प्रस्ताव राखेका थिए ।

उनले केपी शर्मा ओलीसँगै एउटै पार्टीमा हुँदापनि उक्त प्रस्ताव गरेका थिए । तर, ओलीले दाहालको प्रस्तावलाई ठाडै अस्विकार गरिदिएका थिए । सार्वजनिक कार्यक्रममा समेत किन चाहियो ? राजनीतिक संयन्त्र भन्दै ओलीले यसको आवश्यकत्ता नै नरहेको स्पष्ट पारेका थिए । पछि ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि र देउवालाई प्रधानमन्त्री बनाएपछि दाहालले यो विषयलाई पूनः जोडले उठाएका थिए ।

राजनीतिक संयन्त्र बनाउनुपर्ने र यसको नेतृत्व प्रचण्डलाई नै दिनुपर्ने कुरा गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु माधवकुमार नेपाल, उपेन्द्र यादव, बाबुराम भट्टराईलगायतले उठाएका थिए । सुरुमा देउवाले यो विषयमा चासो दिएपनि पछि भने यसबारेमा उनले छलफल नै गर्न छाडेका छन् । खासगरी सरकारले काम गरिरहेको अवस्थामा किन राजनीतिक संयन्त्र चाहियो ? भन्ने उनको भनाई रहँदै आएको छ ।

कतिपयले प्रचण्ड शक्तिशाली बन्नको लागि यो राजनीतिक संयन्त्र गठनको कुरा गरेको पनि विषय उठेको छ । तर, प्रचण्डले भने आफू नै त्यसको संयोजक हुने भन्दापनि जसलाई बनाएपनि आफ्नो त्यसमा सहमति नै हुने बताएका छन् । तर, यसअघि ओलीमात्रै नभएर अहिले प्रधानमन्त्री देउवा पनि प्रचण्ड शक्तिशाली भएको देख्न नचाहेकोले यो संयन्त्र गठन नभएको भन्ने चर्चा हुन थालेका छ । file photo

 



प्रतिक्रिया दिनुहोस्