Logo

मादी हत्याकाण्ड : चार अभियुक्त जेल चलान



काठमाडौं, १९ असोज । संखुवासभाको मादी हत्या काण्डका दोषीमध्ये चार जना जेल चलान भएका छन् । संखुवासभा जिल्ला अदालतको फैसलापछि चार जनालाई जिल्ला कारागार खाँदबारीमा पुर्पक्षका लाथि थुनामा पठाइएको हो ।

गत भदौ २१ गते हत्यामा संलग्न रहेका अभियुक्त सोही गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की, हस्तबहादुर कार्कीलाई पुर्पक्षका लागि कारागार कार्यालय खाँदबारीमा पठाइएको छ । त्यस्तै एकजनालाई भने बाल सुधार गृह विराटनगर पठाइएको छ ।

यही असोज १५ गते प्रहरीले सरकारी वकिल कार्यालय चैनपुरमा अनुसन्धान प्रतिवेदन पेस गरी आइतबार संखुवासभा जिल्ला अदालत चैनपुरमा उपस्थित गराई सोमबार थुनछेक बहस भएको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot