काठमाडौं, १९ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् विस्तार हुन नसक्नुमा मन्त्रालयको भागबण्डा अझै हुन नसक्नु भन्दै व्यंग्य कसेका छन् । उनले भौतिक पूर्वाधार तथ यातायात मन्त्रालय कसले लिने ? भनेर हानाथाप भएपछि परमादेशी गठबन्धनको हलो कर्याक्क भएको टिप्पणी गरेका छन् ।
भौतिक मन्त्रालयमा पुगेर परमादेशी गठबन्धनको हलो क्याराक्क भएछ।गोरु चुट्नु कि हलो थुत्नु देउवा हैरानीमा।अदालतले मिलाई देला त?
— Gokul Prasad Baskota (@GokulPBaskota) October 4, 2021
उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्–’भौतिक मन्त्रालयमा पुगेर परमादेशी गठबन्धनको हलो क्याराक्क भएछ।गोरु चुट्नु कि हलो थुत्नु देउवा हैरानीमा।अदालतले मिलाई देला त?’