Logo

नेकपा(एस)ले बोलायो स्थायी कमिटी बैठक



काठमाडौं, १९ असोज । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बिहीबार बस्दैछ । बैठक बिहिबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने भएको हो । पार्टीका केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड, सम-सामयिक राजनीति, सरकार लगायतका बिषयमा छलफल गर्न बैठक बस्न लागेको बुझिएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएपछि बैठक बस्न सकेको छैन् । उपचारपछि आराम गरिरहेका अध्यक्ष नेपालको स्वास्थ्य अवस्था अहिले ठिक रहेको उनको सचिवालयले जनाएको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटी लगायतका विषय टुंगो लगाएको थियो ।-File photo



प्रतिक्रिया दिनुहोस्