Logo

३३ किलो सुन तस्करी प्रकरण : गोरेलाई जन्मकैदको सजाय, ४८ जनाले सफाइ पाए



काठमाडौं, १९ असोज । जिल्ला अदालत मोरङले ३३ किलो सुन तस्करी प्रकरण र मोरङका सनम शाक्यको हत्या मुद्दामा गोरे भनेर चिनिने चुडामणि उप्रेतीलाई जन्मकैदको सजाय सुनाएको छ ।

न्यायाधीश भरत लम्लासको इजलासले गोरेसहित ८ जनालाई दोषी ठहर गरेको छ भने बाँकी ४८ जनाले सफाइ पाएका छन् । यस्तै, गोरेसँगै जन्मकैदको सजाय हुनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी रहेका छन् ।

file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्