Logo

काँग्रेसको पालिका अधिवेशनसम्म कसैको बहुमत देखिएन



काठमाडौं, २० असोज । नेपाली काँग्रेसको महाधिवेशनमा पहिलो चरणमा सभापति चयन नहुने संकेत देखिएको छ । काँग्रेस विधान अनुसार पहिलो चरणमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत कटाउन नसके दोस्रो चरणमा पहिलो र दोस्रो हुनेबीच प्रतिष्पर्धा हुन्छ ।

अहिलेसम्म ६ सयभन्दा बढी पालिकास्तरको अधिवेशन सम्पन्न हुँदा कुनै पनि पक्षको बहुमत देखिएको छ । सभापति शेरबहादुर देउवा पक्षको ३० देखि ३५ प्रतिशत मात्र पालिका तहमा सभापति निर्वाचित भएका छन् । रामचन्द्र पौडेल पक्षधरका २५ देखि ३० र बाँकी विभिन्न समूहका छन् । १० प्रतिशत जति पालिका सभापतिहरु खुलेका छैनन् ।

पौडेल पक्षमा कोइराला परिवार र प्रकाशमान सिंह निकटहरु समेत गणना गरिएका छन् । पौडेल एक्लैको भन्दा कोइराला परिवार र सिंहसँग निकटहरु बढी संख्यामा पालिका सभापति जितेका छन् ।
कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार र विमलेन्द्र निधि पक्षधर पालिका सभापति निकै कम छन् । सिटौलाको पक्षमा ३ प्रतिशतमात्र पालिका सभापति निर्वाचित भएका छन् ।

अहिलेसम्मको नतिजालाई हेर्दा देउवाले सभापति जित्न सिटौलाको साथ पाएर मात्र नपुग्ने देखिएको छ । उनले विजयकुमार गच्छेदारको समेत साथ पाएमा सम्भावना बढ्न सक्छ । तर, पौडेल पक्षका कुनै एक हस्तीलाई साथमा लिन सकेमा मात्र उनको जीत सुनिश्चित हुने देखिन्छ । देउवा त्यसकारण पनि यही रणनीतिमा लाग्न खोजेको बुझिएको छ ।

पौडेल पक्षका कोइराला परिवारका कुनै एक सदस्य या प्रकाशमान सिंहलाई साथ लिन सकेमा देउवा जित्ने निश्चित हुन सक्छ । दुवैको काँग्रेस महाधिवेशनमा पालिका तहसम्मको चुनावमा बलियो पकड देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्