काठमाडौं, २० असोज । नेकपा माओवादी केन्द्रले मन्त्री बन्नेको नाम टुंगो लगाएको छ । आज बसेको स्थायी कमिटी बैठकले ४ मन्त्रीको नाम टुंगो लगाएको हो ।
माओवादी स्रोतका अनुसार सरकारमा जानेहरुमा देवेन्द्र पौडेल, महेश्वर जंग गहतराज अथक, शशि श्रेष्ठ र बोधमाया कुमारी यादव छन् ।
पौडेल र गहतराज प्रत्यक्ष निर्वाचित सांसद हुन् । श्रेष्ठ र यादव समानुपातिकतर्फका सांसद हुन् ।
मन्त्री बन्नेहरु
देवेन्द्र पौडेल
महेश्वर जंग गहतराज अथक
शशि श्रेष्ठ
बोधमाया कुमारी यादव