Logo

माओवादीबाट थपिने मन्त्री सबै नयाँ अनुहार



काठमाडौं, २० असोज । नेकपा माओवादी केन्द्रले थप ४ मन्त्रीको टुंगो लगाएकामा सबै नयाँ अनुसार छन् । अहिलेसम्म सरकारमा अनुभव नभएका ४ जनालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवसर दिने निर्णय लिएका छन् ।

देवेन्द्र पौडेल विगतमा डा। बाबुराम भट्टराई निकट भएपनि पछि प्रचण्डसँग जोडिएका थिए । उनले प्रचण्डको पक्षमा अडानसहित बोल्दै आएका छन् । पौडेल बाग्लुङबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पौडेल पहिलोपटक सरकारमा सहभागी हुँदैछन् ।

महेश्वर जंग गहतराज अथक बाँकेबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी पनि पहिलोपटक सरकारमा सहभागी हुँदैछन् ।

शशि श्रेष्ठ माओवादी स्थायी कमिटी सदस्य लिलामणि आचार्यकी पत्नी हुन् । माओवादीको समानुपातिकतर्फकी सांसद श्रेष्ठ खरो बोल्छिन् ।

बोधमाया कुमारी यादव धनुषाकी हुन् । दोस्रो संविधान सभा निर्वाचनमा उनी धनुषाबाट पराजित भइन् । २०७४ सालको चुनावमा उनी समानुपातिकतर्फको उम्मेदवार भई निर्वाचित भइन् ।



प्रतिक्रिया दिनुहोस्