काठमाडौं, असोज २१ । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन्। चतुर्वेदीको निर्माणाधीन घरको चौथो तलाबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं ७ बुलबुलेस्थित निर्माणाधीन घरबाट चतुर्वेदी बिहीबार बिहान ९ बजे खसेका थिए।
उनले आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ। घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।