Logo

सरकारले सांसदको दशै खर्च रोक्दा राज्यको अर्बौ रकम जोगियो



काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको गठबन्धन सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई दशै भत्ता नदिने भएको छ ।  मंगलबार सांसदहरुको बैंक खातामा असोज महिनाको मात्र तलव/भत्ता मात्र पठाएको र दशै भत्ता नपठाएको संघिय संसद सचिवालयले जनाएको छ ।

असोज महिनाको तलव बापत सांसदको खातामा मंगलबार २ करोड ९८ लाख ४६ हजार रुपैयाँ निकास भएको छ । त्यस्तै, पिएको लागि १ करोड ४३ लाख ७४ हजार रुपैया निकासा भएको हो ।

सचिवालयको अनुसार यसवर्ष मन्त्रिपरिषद्ले सांसदहरुलाई दशै भत्ता दिने वा नदिनेमा कुनै पनि निर्णय नगरेकोले दशैभत्ता नदिइएको हो । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल २ सय ७१ जना सांसद छन् भने राष्ट्रिय सभामा ५९ जना छन् । संघीय सांसदहरुले मासिक ६६ हजार ७० रुपैयाँ बैठक भत्ता र यातायात खर्च बाहेक पाउछन् ।



प्रतिक्रिया दिनुहोस्