Logo

बाइडेन र सीबीच सम्भवतः यसवर्षको अन्त्यमा वार्ता हुने



एजेन्सी, २१ असोज। अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङले सम्भवतः यसवर्षको अन्त्यमा भर्चुअल वार्ता गर्ने ह्वाइट हाउसले जनाएको छ । स्वीटजरल्यान्डको सहर जुरिजमा आज बिहान भएको भेटवार्तामा चिनियाँ उच्च कूटनीतिज्ञ याङ जेइची र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानबीच यस्तो सहमति जुटेको हो ।

गत सेप्टेम्बर ९ मा दुई मुलुकका राष्ट्र प्रमुखबीच भएको टेलिफोन संवादलाई निरन्तरता दिन दुई नेता बीच भर्चुअल वार्ता हुनेछ। बाइडेन र सीबीचको उच्चस्तरीय संवादले दुई मुलुकबीचको अवरुद्ध संवादको गतिरोधलाई तोड्ने विश्वास गरिएको छ । पछिल्लो समय साउथ चाइना सीलाई लिएर दुई मुलुकबीच तनाव चर्किएको छ । साथै, अमेरिकाले हङकङ, ताइवान र सिन्जियाङमा हुने मानवअधिकारको अवस्थालाई लिएर प्रश्न उठाउन गरेको छ ।-Photo: Agency

 

‘बाइडेन र सि बिच ताइवानको बिषयमा आकस्मिक छलफल’



प्रतिक्रिया दिनुहोस्