Logo

जापानी नव-नियुक्त प्रधानमन्त्रीद्वारा चुनावको मिति सार्वजनिक



एजेन्सी, २१ असोज। जापानमा आमचुनावको तयारी सुरु भएको छ । नवनियुक्त प्रधानमन्त्री फुमियो किशिदाले आमचुनावको तयारी थालेका हुन् । उनले यहि अक्टोबर ३१ मा चुनाव गर्ने घोषणा गरेका हुन्।

जापानको प्रतिनिधिसभाको अवधि यही अक्टोबर २१ देखि सकिँदैछ । प्रधानमन्त्री किशिदाले अक्टोबर १४ तारिखमा तल्लो सदन विघटन गर्ने योजना बनाएको खबरमा उल्लेख छ । गएको हप्ता सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व सम्हालेको किशिदालाई संसदमा भएको मतदानले प्रधानमन्त्रीमा अनुमोदन गरेको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot