काठमाडौं, २१ असोज । नेकपा (एमाले)का केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । आज (बिहीबार) बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा जारी स्थायी कमिटी बैठकमा जोशी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
प्रवेश गरेपछि जोशीले १० बुँदेको कार्यान्वयन नभएकाले त्यहाँ बस्ने सक्ने अवस्था नरहेको बताए । उनले एमालेले १० बुँदे कार्यान्वयन नगरेको र पार्टीमा विचार शुन्यता आएको टिप्पणी गरेका छन् । नेकपा हुँदा सूदुरपश्चिम प्रदेशको सह-इन्चार्ज रहेका जोशी एमाले समानन्तर कमिटीको प्रदेश अध्यक्ष थिए । जोशीलाई (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पार्टीमा स्वागत गरेका थिए । उनलाई स्थायी कमिटीमा जिम्मेवारी दिने अध्यक्ष नेपालको घोषणा थियो ।-Photo By: Mukunda Kalikote/reportersnepal