Logo

मन्त्रिपरिषद्लाई आजै पूर्णता दिने तयारीमा गठबन्धन, बैठक बस्दै



काठमाडौं, २१ असोज । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । मन्त्रिपरिषद्लाई पूर्णता दिनुअघि बैठक बस्न लागेको हो ।

सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको लगभग भागबण्डा मिलिसकेको छ ।

माधवकुमार नेपाल नेतृत्वको (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकपछि गठबन्धनको बैठक बस्ने भएको छ । गठबन्धनबीच भागबण्डामा सहमति भएपछि सम्भवत : आजै मन्त्रिपरिषद्लाई पूर्णता पाउने अपेक्षा गरिएको छ । जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्