Logo

प्रचण्ड महिलाप्रति बढी विश्वस्त, माओवादीबाट ४० प्रतिशत महिला मन्त्री सुनिश्चित



काठमाडौं, २२ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकै भरोसा गरेकाहरुले धोका दिएको भन्दै आक्रोश पोख्ने गरेका छन् । आफूले विश्वास गरेर मन्त्री बनाएकाहरु नै गद्दार निस्केको बताउने गरेका छन् ।

मन्त्री बनाएर साथ छाडेकाहरुमा सबै पुरुष नै छन् । नेकपा विवाद हुँदा उनको साथ छाड्नेमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साह प्रचण्डकै जोडबलले मन्त्री बनेकाहरु हुन् । मणि थापा पनि प्रचण्डले माओवादीमा महत्वपूर्ण स्थान दिएकामध्ये पर्छन् । उनले पनि साथ छाडे । तर, असजिलो अवस्थामा प्रचण्डले महिला नेताहरुले भने साथ छाडेका छैनन् । यसकारण पनि उनी महिलाप्रति बढी विश्वस्त हुन थालेका छन् ।

प्रचण्डले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट मन्त्री पठाउँदा पहिलो चरणमै पम्फा भुसाललाई पठाए । दोस्रो चरणमा ३ मन्त्री र एक राज्यमन्त्री पठाउन लागेकोमा एक मन्त्री र एक राज्यमन्त्री महिला छन् । शशि श्रेष्ठ र बोधमाया कुमारी यादव छन् । यसरी माओवादीबाट सरकारमा सबैभन्दा बढी ३ जना महिला जाँदैछन् । माओवादीले कुल ५ मन्त्री र १ राज्यमन्त्री पठाउन लागेकोमा यो संख्या ४२ प्रतिशत हुन आउँछ ।



प्रतिक्रिया दिनुहोस्