Logo

शिखर सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री डा. खड्का आज सर्विया जाँदै



काठमाडौं, २२ असोज। परराष्ट्रमन्त्री डा. नारायण खड्का आज सर्विया जाँदैछन् । मन्त्रिपरिषद् बैठकको निर्णयनुसार सर्वियामा हुने असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन मन्त्री खड्का आज सर्विया जाने भएका हुन्।

उनी आज राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वियातर्फ प्रस्थान गर्नेछन् । मन्त्री खड्कासँगै निजी सचिव, सहसचिवलगायतका टोली सहभागी हुनेछन् जनाइएको छ । सर्विया जाने कार्यक्रम शनिबारको लागि तय भएपनि टिकट अवाभको कारण उनीसहितको टोलि आजै त्यसतर्फ प्राथन गर्ने भएका छन्।



प्रतिक्रिया दिनुहोस्