Logo

आजबाट प्रदेश १ को अधिवेशन सुरु हुँदै, मुख्यमन्त्रीले विश्वासको मत लिने



काठमाडौं, २२ असोज। आजबाट प्रदेश १ सरकारको अधिवेशन सुरु हुँदै छ । यही अधिवेशनमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनेछन् । नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा परेका छन् ।

नेकपा एमालेका ५१ सांसदहरुमध्ये १० जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि आचार्यको पक्षमा ४१ सांसद छन् । नेपाली कांग्रेस, नेकपा(एकीकृत समाजवादी), नेकपा(माओवादी केन्द्र) र जसपासहितको गठबन्धनमा ५० जना सांसद छन् । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्