काठमाडौँ, २२ असोज। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार अगावै राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न आज (शुक्रबार) दिउँसो शीतल निवास जान लागेका हुन्।
मन्त्रिपरिषद विस्तारका लागि र समसामयिक विषयमा आवश्यक छलफलका लागि उनी आज राष्ट्रपति भण्डारी भेट्न जान लागेको जनाइएको छ । प्रधानमन्त्री देउवाले आज (शुक्रबार) बेलुकासम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । प्रधानमन्त्री बनेको झण्डै तीन महिनापछि देउवाले मन्त्रिमण्डललाई पूर्णता दिने भएका हुन्।-File Photo