Logo

‘प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्‍मा हिस्सा दिने कुरामा सत्यता छैन’



काठमाडौँ, २२ असोज। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिपरिषद् विस्तारमा भाग खोजेको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट पारेका छन् ।

आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानन्यायधीश जबराको विषयमा सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताएका हुन् । प्रेम सुवालले ‘मन्त्रिपरिषद्‍मा भाग खोज्ने प्रधानन्यायाधीशविरुद्ध संसद्‍मा महाभियोग किन नआएको ?’ भनेर प्रश्न गरेका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्