काठमाडौं, २२ असोज । नेकपा (एमाले) का नेता प्रभु साह अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । पछिल्लो समय साहले एमाले छाड्न लागेको र फेरि पूरानै पार्टी नेकपा (माओवादी केन्द्र) मा जान लागेको हल्ला थियो । यसअघि उनले अध्यक्ष ओलीसामू ८ बुँदे प्रस्ताव रोखका छन् ।
उनले गोदावारीमा असोज १५, १६ र १७ गतेसम्म चलेको एमालेको प्रथम विधान महाधिवेशन समेत बहिष्कार गरेका थिए । अहिले बालकोटमा जारी छलफलमा उपमहासचिव विष्णु पौडेल र नेता टोपबहादुर रायमाझी पनि सहभागी छन् । file photo