Logo

घरायशी विवादमा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ



नुवाकोट, २२ असोज । श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै श्रीमती ३२ वर्षीया शुसिला राईको हत्या गरेको अभियोगमा लिखु गाउँपालिका–४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राज कुमार राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

राजकुमारले घरायसी विवादको कारण शुसिलालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुलीमा पठाइएकोमा उपचारको क्रममा शुसिलाको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्