Logo

चित्तपोलस्थित रिसोर्टमा लगि महिला बलात्कार गर्ने पक्राउ



भक्तपुर, २२ असोज । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा सूर्यबिनायक नगरपालिका–९ नलिन्चोक बस्ने ३३ वर्षीय विजय महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

असोज १९ गते सोही नगरपालिका–१० चित्तपोलस्थित रिसोर्टमा विजयले ती महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्