काठमाडौँ, २२ असोज। प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ। प्रतिनिधि सभाको अर्को बैठक असोज २५ गते सोमबार दिउँसो २ बजे बस्ने गरि आजको बैठक स्थगित भएको हो । एमालेको बिरोधका बाबजुद सभामुख सापकोटाले बैठक सञ्चालन गरेका थिए ।
बैठकमा सरकारको तर्फबाट रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेल्वे विधेयक २०७८ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको लागि प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उनको प्रस्ताव सभाले बहुमतले अस्वीकृत गर्यो र विधेयक फिर्ताको लागि राष्ट्रिय सभाको सहमतिको लागि प्रतिनिधि सभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव पारित गरेको थियो। त्यस्तै संघीय निजामती सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव स्वीकृत भएको छ।-File Photo