Logo

काँग्रेसको पौडेल समूहबाट प्रकाशमान ‘अलग’



काठमाडौं, २२ असोज । नेपाली काँग्रेसको संस्थापन पक्ष इतर समूह विभाजित भएको छ । आजबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह औपचारिक रुपमै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट अलग भएका छन् ।

मन्त्रिमण्डलमा सूची पठाउँदा पौडेलले बेवास्ता गरेको भन्दै सिंह असन्तुष्ट बनेका हुन् । उनले आफ्नो अलग समूह बनाइरहँदा फरक ढंगले लाग्ने निर्णय लिएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार सिंहले आफूलाई अलग शक्तिका रुपमा काँग्रेसभित्र प्रस्तुत गरिसकेका छन् ।

सिंहलाई केही हप्ता अघि प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधानमन्त्रीसहित मागेको मन्त्रालय प्रस्ताव गरी महाधिवेशनमा सभापतिका लागि साथ दिन भन्दा अस्वीकार गरेका थिए । उनी आफू पछि नहट्ने अडान लिएर बसेका थिए । पौडेल समूहमा आफ्नो तर्फबाट एकजना मन्त्री पठाउन खोज्दा उनी बेवास्तामा परेपछि पछिल्लो निर्णयमा पुगेको बुझिएको छ ।

सिंहले देउवासँग संसदीय दलको चुनाव लडेको उल्लेख गर्दै आफू संस्थापन इतरको मुख्य नेताका रुपमा रहेको जिकिर गरेका थिए । तर, पौडेलले बेवास्ता गरेर महामन्त्री डा. सशांक कोइरालाको सिफारिशलाई स्वीकार गरेपछि सिंह फरक ढंगले बढ्ने निर्णयमा पुगेको स्रोतले बतायो ।



प्रतिक्रिया दिनुहोस्