काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरेका छन् । प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्रीकै रुपमा प्रधानमन्त्री कार्यालयमा तानेको बालुवाटार स्रोतले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयमा बसेर राम्रै काम गरेको भनेर छाप छोडेका श्रेष्ठलाई प्रधानमन्त्रीले हटान चाहेका छैनन् । मन्त्रिपरिषद् विस्तारको क्रममा उक्त मन्त्रालय माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको भागमा परेको छ । उक्त पार्टीबाट विरोध खतिवडा मन्त्री बनेका छन् । file photo