काठमाडौं, २२ असोज । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दशैँपछि मात्र विश्वासको मत लिने प्रस्ताव राखेका छन् । आज (शुक्रबार) बसेको एमाले संसदीय दलको बैठकमा आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने प्रस्ताव गरेका हुन् ।
बिहीबारबाट सुरु भएको प्रदेशसभाको अधिवेशन अगाडि सो प्रस्ताव पेश भएको हो । विश्वासको मत लिनका लागि असोज २४ गते प्रस्ताव दर्ता गर्ने सरकारको तयारी छ । विपक्षी गठबन्धनले भने मुख्यमन्त्रीले असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्ने बताउँदै आएका छन् ।
तर, नेकपा एमाले दसैँपछि मात्र विश्वासको मत लिने तयारी गरिरहेका छन् । प्रदेश १ मा आजबाट प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएको हो ।-File Photo