Logo

रामचन्द्र पौडेल र सशांक कोइरालालाई साथ दिन्नँः सुजाता



काठमाडौं, २२ असोज । नेपाली काँग्रेसकी प्रभावशाली नेता सुजाता कोइरालाले आजबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह छाडेकी छिन् । उनले पौडेलको कार्यशैली पार्टी, देश र जनताको हितविपरित भएको भन्दै अलग भएको घोषणा गरेकी हुन् ।

‘रामचन्द्र पौडेल र सशांक कोइरालालाई साथ दिन्नँ,’ पूर्वउपप्रधानमन्त्री समेत रहेकी कोइरालाले रिपोर्टर्स नेपालसँग भनिन्,‘पौडेल र सशांक दुवैसँग नेपाली काँग्रेसलाई हाँक्ने क्षमता छैन ।’ उनले पौडेलको भूमिकामाथि समेत प्रश्न गर्दै सभापति बन्न नसक्ने ठोकुवा गरिन् ।

काँग्रेस महामन्त्री डा. सशांक कोइरालाप्रति पनि सुजाताले आक्रोश पोखेकी छिन् । उनले कोइराला महामन्त्री भएर पनि कुनै क्षमता देखाउन नसकेको आरोप लगाइने् । सुजाताले भनिन्,‘महामन्त्री चलाउन नसक्नेले सभापति बन्छु भन्दा दुनियाँ हाँस्छ ।’

महामन्त्री कोइराला कुनै हालतमा नेपाली काँग्रेसको सभापति बन्न नसक्ने सुजाताले ठोकुवा गरिन् । उनले भनिन्,‘रामचन्द्र पौडेल र सशांक कोइराला दुवैजना सभापतिका लागि योग्य छैनन् र हुन पनि सक्दैनन् ।’

मन्त्रिमण्डलमा नाम नपरेपछि सुजाता कोइराला वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाप्रति असन्तुष्ट बनेकी हुन् । कोइरालाले मीनेन्द्र रिजालको नाम सिफारिश गरेपछि उनी झन् आक्रोशित बनेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot