Logo

नवनियुक्त मन्त्रीहरुको सपथ साँढे ४ बजेलाई तय



काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिएका छन् । आजमात्रै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिएका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ आज अपरान्ह साँढे ४ बजेलाई तय भएकोको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकिय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् ।

हमालसँगै कांग्रेसबाट आज पाँच जना मन्त्री बन्न लागेका हुन् । हमाल कांग्रेसका पूराना नेता हुन् । प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाईसकेका छन् । आजै चार बजे नयाँ मन्त्रीहरुको सपथ कार्यक्रम राखिएको छ ।

कांग्रेसबाट मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, उमाकान्त चौधरी र उमा रेग्मी पनि मन्त्री बन्दैछन् । रिजाललाई रक्षा, बडुलाई कानून, चौधरीलाई खानेपानी र रेग्मीलाई महिला, बालबालिका मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

उता, नेकपा (माओवादी केन्द्र) बाट देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधि, शशि श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराज युवा तथा खेलकुद मन्त्री बनेका छन् । माओवादी केन्द्रबाट बोद्यमाया कुमारी यादव राज्यमन्त्री बनेकीछिन् ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) बाट विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या, रामकुमारी झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, प्रेम आले सहरी विकास र किसान श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् । त्यस्तै, भवानी खापुङ भने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

उता, जसपाबाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायात, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरण र प्रमोद साह कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्