Logo

नवनियुक्त उद्योगमन्त्री हमालले सपथ खाएपछि भने–’सबैलाई धन्यवाद भन्छु, मन्त्री बनेकोमा प्रधानन्यायाधीशलाई श्रेय दिन चाहन्छु’



काठमाडौं, २२ असोज। प्रधानन्त्री शेरबहादुर देउवा  नेतृत्वको सरकारले आज पूर्णता पाएको छ । देउवा सरकारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका गजेन्द्र हमाल मात्रै गैरसांसद हुन् । उनलाई मन्त्री बनाईएकोमा चौतर्फी आलोचना भैरहेको छ। खासगरी उनको नाम प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएको छ । उनी नाताले प्रधानन्यायाधीश जबराका जेठान हुन् ।

तर, शितलनिवासमा मन्त्रीको सपथ खाएपछि पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै मन्त्री हमालले सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई बधाई भनेका थिए । उनले भनेका थिए–‘प्रधानमन्त्रीज्यू, प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव लगायत सबै शीर्ष नेताहरुलाई धन्यवाद भन्न चाहन्छु ।’ उनले आफ्नो ५० वर्ष लामो राजनीतिक जीवन रहेको पनि स्मरण गराएका थिए । आफू मन्त्री बन्न प्रधानन्यायाधीश जबराको पनि हात रहेको संकेत गर्दै यसको श्रेय दिने बताएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्