Logo

आत्महत्याको पासोबारे अन्धविश्वास, महिलाको हत्याको रहस्य खुल्यो



काठमाडौं, २४ वैशाख । आत्महत्यामा प्रयोग भएको पासोबारे अन्धविश्वास छ । पासो सुरक्षित साथ सेफमा राखेमा धन आर्जन हुने अन्धविश्वास छ । त्यसैले यस्ता पासो महङ्गो मूल्यमा खरिद गर्नेहरु पनि देखिएका छन् ।

यसरी नै पासो बनाउन एउटा समूहले महिलाको हत्या गरेको खुलेको छ । पासो लगाएर ४५ वर्षीया कमला तामाङको ललितपुरको सुनाकोठीमा हत्या भएको हो ।

हत्यामा मकवानपुरका २३ वषर््ीय सविन प्रजा, मोरङका २० वर्षीय सुमन मगर र मकवानपुरकी १८ वर्षीया प्रविना प्रजा माझी संलग्न भएको अभियोगमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । तामाङलाई डोरीको पासो लगाएर हत्या गरेको खुलेको हो ।



प्रतिक्रिया दिनुहोस्