Logo

शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार ढाल्ने विमला वलीलाई राज्यमन्त्री पद पुरस्कार



बुटवल, २४ असोज । लुम्बिनी प्रदेशकी विवादास्पद सांसद विमला वली स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी छिन् । उनलाई मुख्यमन्त्री कुलप्रसाद केसीले राज्यमन्त्री नियुक्त गरे ।

आजै सपथ लिइसकेकी वलीले शंकर पोखरेल नेतृत्वको सरकार ढाल्दा निर्णायक सांसद बनेकी थिइन् । एमालेबाट निर्वाचित पति उत्तरकुमार वलीको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचनमा तत्कालिन नेकपाबाट निर्वाचित भएकी थिइन् । दाङबाट निर्वाचित उनले नेकपाबाट एमाले र माओवादी केन्द्र ब्युँतदा माओवादी रोजेकी थिइन् ।

विमला वलीले पछि फेरि एमाले रोजेको विज्ञप्ति आएको थियो । तर, पछि आफूलाई अपहरण गरी जर्बजस्ती विज्ञप्ति जारी गर्न लगाएको फरक विज्ञप्ति सार्वजनिक गरिन् । उनी माओवादीमै रहेको स्पष्ट पारिन् । उनको मत शंकर पोखरेल नेतृत्वको सरकार ढाल्न निर्णायक भयो ।

उनले विगतमा खेलेको भूमिकाका कारण राज्यमन्त्री पाएकी छिन् । यद्यपि उनको माग मन्त्री नै रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्