Logo

गृहमन्त्री खाँणको क्षेत्रमा गोली चल्यो : तीन जनाको मृत्यु, दर्जन बढि घाईते



काठमाडौं, २४ असोज । बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ । त्यस क्रममा तीन जनाको निधन भएको छ । यो क्षेत्र गृहमन्त्री बालकृष्ण खाँणको क्षेत्र हो । गोली चल्दा तीन जनाको निधन र ३१ जना घाइते भएको हाम्रा सहकर्मीले जनाएका छन् ।

तीन जनाको भने भैरहवा मेडिकल कलेज लैजाने क्रममा निधन भएको हो । आइतबार बिहानैबाट मोतीपुर औद्योगिक क्षेत्रमा​ सुकुम्बासीहरु र प्रहरीबीच झडप भएको थियो ।



प्रतिक्रिया दिनुहोस्