Logo

नेरुडे लघुवित्तद्धारा २२ प्रतिशत लाभांश प्रस्ताव



काठमाडौं, २५ असोज । नेरुडे लघुवित्तले २२ दशमलव ६१८५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७÷७८ को मुनाफाबाट उक्त लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४९ करोड ३८ लाख ७७ हजार रुपैयाँ रहेको छ ।
२१ दशमलव ४८ प्रतिशतले हुन आउने १० करोड ६१ लाख २२ हजार ४ सय २६ रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत १.१३०९२६ प्रतिशतले हुन आउने ५५ लाख ८५ हजार ३ सय ९० रुपैयाँ ८४ पैसा गरि कुल २२ दशमलव ६१८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्