Logo

मोतिपुर घट्नापछि बाबुरामको टिप्पणी : हामीले कस्तो समाजवाद खोजेको हो ?



काठमाडौं, २५ असोज । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले बास्तविक सुकुम्वासीको पहिचान गरेर त्यसको दिगो समाधान खोज्नुपर्ने बताएका छन् । हिजो आफूले प्रयत्न गर्दा सबै मिलेर त्यसको विरोध गरेको पनि स्मरण गराएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् ।


उनले लेखेका छन्-“वास्तविक सुकुम्वासीको पहिचान गरेर त्यसको दिगो समाधान नखोज्ने! @brb1954 ले काठमाण्डौमा प्रयत्न गर्दा सबै मिलेर त्यसको विरोध गर्ने!ऐले बुढीगण्डकी परियोजनादेखि मोतिपुर औद्योगिक क्षेत्रसम्मका सुकुम्वासीमाथि पहिचान र विकल्प विनै बलप्रयोग गर्ने! हामीले कस्तो समाजवाद खोजेको हो? मम:भनौं!”



प्रतिक्रिया दिनुहोस्