Logo

होटलमा तास खेल्ने ४ जना पक्राउ



झापा, २५ असोज । तास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरील पक्राउ गरेको छ । कमल गाउँपालिका–३ केर्खास्थित सोही गाउँपालिका–४ बस्ने ३३ वर्षीय संजिव लिम्बुको ल्याण्ड होटलमा तास खेलिरहेको अवस्थामा लिम्बु लगायत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटलमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५० हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्