Logo

मोतीपुर औद्योगिक क्षेत्रलाई अतिक्रमणबाट जाेगाउन हस्तक्षेप गर्नुपर्यो : गृहमन्त्री खाँण



काठमाडौँ, २५ असोज। गृहमन्त्री बालकृष्ण खाँणले रूपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण भएको कारण प्रशासनले हस्तक्षेप गरेको बताएका छन् । आज (सोमबार)नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मी संग कुरा गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।

प्रशासनले पटकपटक हट्न आग्रह गर्दापनि नमानेपछि सुरक्षा निकाय पुग्दा आक्रमण भएको उनको भनाइ छ । आइतबारको घटनामा सशस्त्र प्रहरीका १९ जना, जनपथका २४ भन्दा बढी घाइते भएको र प्रहरीले आफ्नो जीवनरक्षाका लागि गोली चलाउँदा चार जनाको मृत्यु भएको उनले बताए । उनले घटनाका बारेमा सरकार संवादबाटै समाधान खोज्न तयार रहेको धारणा राखे । त्यहाँ सैयौँको संख्यामा प्रहरी परिचालन गरिएको छ।-File Photo



प्रतिक्रिया दिनुहोस्