Logo

भारतीय लुटेरा समूहद्वारा बैंक लुट्ने प्रयास, तीन पक्राउ



काठमाडौँ, २५ असोज। मोरङको धनपालथान गाउँपालिका कर्सियामा भारतीय लुटेरा समूहले सिटिजन्स बैंक लुट्ने प्रयास गरेको छ । आज (सोमबार) सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए। सोहिक्रममा लुटेरा समूहले चलाएको गोली गार्डलाई लागेको जनाइएको छ । उपचारका लागि उनलाई अस्पताल पुर्याइएको छ।

गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय, मोरङको टोली पुगेर लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गर्ने क्रममा प्रहरीले पनि गोली चलाएको थियो । बैंक लुट्ने प्रयास भने असफल भएको जनाइएको छ। उक्त विषयमा थप अनुसन्धान भैरहेको जनाइएको छ ।-Symbolic Photo



प्रतिक्रिया दिनुहोस्