Logo

गार्डले गोली थापेर डाँका समूहबाट जोगाए बैंक



विराटनगर, २५ असोज । दिउँसो साँढे ३ बजे हतियारधारी डाँका समूह कर्सिया बजारस्थित सिटिजन्स बैंकको शाखा कार्यालयमा छिर्न खोजे । उनीहरुलाई सुरक्षागार्डले रोक्न खोजे ।

गार्डले रोक्न खोजेपछि केहीबेर तनाव भयो । हतियारधारी डाँका समूहले गार्डमाथि गोली प्रहार गरे । बैंकका सुरक्षा गार्ड शीतल कुमालले गोली थापेर भएपनि बैंक डकैती हुनबाट जोगाए ।

गोली लागेकाकुमाललाई तत्काल विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि लगिएको छ । उनको पेटमा दुईवटा गोली लागेको छ ।

प्रहरी घटनास्थलमा पुगेर हतियारधारी समूहको खोजी थालेको छ । उनीहरु सीमापारीबाट आएको प्रारम्भिक अनुसन्धानबाट जनाइएको छ ।

दशैंको मुखमा बैंकमा अत्याधिक कारोबार हुने मौका छोपेर डाँका समूह आएका थिए । उनीहरु ४ जनाको समूहमा आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्